दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड

सारांश

  • दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
  • पछिल्लो पटक पार्टीले आयोजना गरेको तराई–मधेश जागरण अभियानबाट आफूलाई अझै उत्साह थपिएको बताउँदै संगठन निर्माणका लागि पार्टी पंक्तिलाई निर्देशन दिए।
  • सुशासन सामाजिक न्याय र आर्थिक न्याका लागि एकपटक सबैले दृढ संकल्पका साथ संगठन निर्माण, विस्तारको आवश्यकता छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘जसरी म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु।

२० वैशाख, काठमाडौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन्। दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।पछिल्लो पटक पार्टीले आयोजना गरेको तराई–मधेश जागरण अभियानबाट आफूलाई अझै उत्साह थपिएको बताउँदै संगठन निर्माणका लागि पार्टी पंक्तिलाई निर्देशन दिए।

सुशासन सामाजिक न्याय र आर्थिक न्याका लागि एकपटक सबैले दृढ संकल्पका साथ संगठन निर्माण, विस्तारको आवश्यकता छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘जसरी म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु। तपाईंहरूले पनि यो आँट गर्नुभयो भने यो देशको राजनीतिक रंगमञ्च बदल्न सक्नुहुनेछ।’साथै, उनले आफूहरूको अपेक्षाभन्दा धेरै उपलब्धि अभियानबाट प्राप्त भएको दाबी गरे। प्रचण्डका अनुसार, करोड भन्दा बढी जनतासँग यो अभियानका क्रममा संवाद पार्टीका नेताहरूले गरेका छन्।

हामीले पार्टी केन्द्रको बैठकमा समीक्षा गर्‍यौं र अभियान चलायौं। झण्डै दुई महिना लाग्यो हामीलाई तराइ मधेश जागरण अभियान सक्नका लागि। हाम्रो अपेक्षाभन्दा धेरै भयो,’ प्रचण्डले भने, ‘हजारौं होइन, लाखौं होइन झण्डै एक करोड जनतासँग संवाद गर्दै गयौं। कञ्चनपुरसम्म पुग्दा यो अभियान माओवादी केन्द्रको मात्रै नभइ राष्ट्रिय अभियान बन्न पुग्यो।’ भ्रष्टाचार विरोधी अभियानका विषयमा आफू सरकारमा हुँदा नेपालको इतिहासमै नभएको रेकर्ड ब्रेक हुनेगरी आफूले काम गरेको प्रचण्डको जिकिर थियो। त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका विषयमा पनि आफू नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गरेको प्रचण्डको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी
पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना
संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत