दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
, १९ वैशाख :कोरिया ।”
दक्षिण कोरियाका अर्थमन्त्री चोइ साङ मोकले बिहीबार आफ्नो पदबाट राजीनामा बुझाउनुभएको छ । कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजिनामा दिने तयारी भएको र उहाँको स्थानमा चोइले कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिने तयारी भइरहेका समय उहाँको अकस्मात मन्त्री पदबाट राजीनामा आएको हो । उहाँले अर्थमन्त्रीका रूपमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चोईको राजीनामा स्वीकृत भएको छ ।”
कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजिनामा दिने तयारी भएको र उहाँको स्थानमा चोइले औपचारिक रूपमा राजीनामा दिने कार्यक्रम रहेको थियो । चोईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गम्भीर आर्थिक परिस्थितिका बीच आफ्नो कर्तव्य पूरा गर्न कठिन भएकाले म आफ्नो पदबाट राजीनामा दिएको छु । तोकिएको जिम्मेवारीलाई निरन्तरता दिन नसकेकोमा म यसका लागि क्षमा प्रार्थी छु ।” देशको सर्वोच्च अदालतले राष्ट्रपतिका प्रत्यासी ली जे–म्युङलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा दोषी नठह¥याएपछि विपक्षी सांसदहरूले चोइविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उहाँले राजीनामा दिनुभएको हो । हानले चोईको चोईको राजीनामा स्वीकृत गरेपछि चोइविरूद्धको महाभियोगको प्रस्तावमाथिको मतदान रोकिएको छ ।
“चोईको राजिनामाको सूचना आइसकेको छ। हामी महाभियोगको मतदान स्थगित गर्दैछौं,” नेसनल एसेम्बलीका सभामुख वू वोन–सिकले भन्नुभयो । गत डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक योलले सैनिक शासनको घोषणा गरेपछि दक्षिण कोरियामा छाएको राजनीतिक अनिश्चितताबीच अर्थमन्त्री चोईको राजीनामाले देशमा थप राजनीतिक अनिश्चितता आएको छ । मध्यरातमा हानले पदबाट राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपति चोईलाई उहाँको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो । उहाँको राजीनामासँगै अब नेतृत्व शिक्षामन्त्री ली जु–होको काँधमा आएको छ । उहाँलाई जुन ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि चुनावी प्रक्रियाको व्यवस्थापनको जिम्मेवारी दिइनेछ ।
Post Comment