२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू

सारांश

  • हिजो राती नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरू विद्यालयमा फर्किएका हुन्।
  • शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा शिक्षकहरू थिए।
  • सरकारले समयमा उनीहरुको माग पूरा नगर्दा र यही आन्दोलनका कारण यस वर्षको नयाँ शैक्षिक सत्रमै असर पुग्यो।

 

काठमाडौं : देशभरका शिक्षक/कर्मचारीहरूले आन्दोलन गरेको २९ दिनपछि सामुदायिक विद्यालय खुलेका छन्। हिजो राती नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरू विद्यालयमा फर्किएका हुन्।शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा शिक्षकहरू थिए। सरकारले समयमा उनीहरुको माग पूरा नगर्दा र यही आन्दोलनका कारण यस वर्षको नयाँ शैक्षिक सत्रमै असर पुग्यो। भर्ना अभियान पनि प्रभावित बन्यो। पठनपाठन भएन। यसकारण अभिभावक र विद्यार्थीहरू चिन्तित थिए।

तर,अब भने रोकिएको ठाउँमा भर्ना अभियान सुचारु गरे लगत्तै पठनपाठन पनि सुरु हुने छ। हिजो बेलुका सहमति भएलगत्तै आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हिजोको दिनबाटै लागू हुने गरी आम शैक्षिक हड्ताल र सडक प्रदर्शन फिर्ता लिएको बताएका छन्। उनले भने,‘आजबाटै रोकिएको भर्ना अभियान,पठनपाठन र परीक्षा थाल्न सबैमा अनुरोध छ।’ यही सहमतिपछि आज बिहानैदेखि काठमाडौंको आन्दोलनमा आएका शिक्षकहरू आ-आफ्नो घर फर्किन थालेका छन्। कोही फर्किर्ने तयारीमा छन्। दैनिक ११ बजेदेखि ३ बजेसम्म तातिएको माइतीघर-नयाँ बानेश्वर सडक क्षेत्र आजदेखि सुनसान बनेको छ। कक्षा १२ को परीक्षा २१ गतेबाट हुने यो सहमति भएसँगै कक्षा १२ को परीक्षा पनि वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ। शिक्षक आन्दोलनकै कारण वैशाख ११ गते शुरु हुने कक्षा १२ को परीक्षा रोकिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारीहरूकै सहभागितामा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भने पनि सकेन। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षकहरूलाई परीक्षामा सहभागी भएर सहयोग गर्न आग्रह गरेका थिए।

तर शिक्षकहरूले बहिष्कार गरे। त्यसपछि कक्षा(१२ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने परीक्षा बोर्डले निर्णय गरेको थियो। उक्त परीक्षाको लागि बोर्डले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। सरकारले सबै परीक्षार्थीहरूलाई परीक्षाको लागि तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ।  विदाको दिनमा पठाएर शैक्षिक क्षति पुरा गर्छौ : महासंघ नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले यो आन्दोलनका कारण भएको शैक्षिक क्षतिलाई पूरा गर्ने बताएका छन्। उनले विदाको दिनमा पढाएर भए पनि शैक्षिक सत्रलाई असर पुर्‍याउन नदिने बताए। उनले भने,‘जति दिन पढाउने बेला आन्दोलन कार्य गर्‍याैँ,ती शैक्षिक क्षति विदाको दिनमा पढाएर उपयोग गर्छौ,महासंघले औपचारिक रुपमा पत्राचार नै गरेर सबै शिक्षकहरूलाई जानकारी गराउने छ,यो हाम्रो जिम्मा हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री
असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृ*त्यु
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृ*त्यु
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
चीनले अमेरिकी सामानमा थप ३४ प्रतिशत कर लगायो
चीनले अमेरिकी सामानमा थप ३४ प्रतिशत कर लगायो
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या