बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा
१७ वैशाख, विराटनगर ।
कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने बताएको छ । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए । बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले सम्पूर्ण तयारी पूरा भएको बताएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment