गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
१६ वैशाख, काठमाडौं-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा मंगलवार (वैशाख १६) एकैपटक संयुक्त इजलासमा परेको छ ।
गएको आइतवार अधिवक्ता अनन्तराज लुइँटेलसहितले दायर गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले आज (मंगलवार) को पेसी दिएको थियो । अदालतको अवहेलनामा थापाविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासको पहिलो नम्बरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment