दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक

सारांश

  • नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ ।
  • यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो ।
  • नवलरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।

१६ वैशाख, मध्यविन्दु ।

नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।

“दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ,” उनले भने, “सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।” यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।

नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?
बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:  प्रधानमन्त्री कार्की
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्: प्रधानमन्त्री कार्की
सुनसान बिपी राजमार्ग
सुनसान बिपी राजमार्ग
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ
३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै