Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

झडपपछि आज हजारौँ शिक्षक सडक आन्दोलनमा थपिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
झडपपछि आज हजारौँ शिक्षक सडक आन्दोलनमा थपिए

सारांश

  • शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका छन् ।
  • आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरू गत चैत २७ गतेदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका हुन् ।
  •   आन्दोलनको क्रममा आज धेरै शिक्षकहरू थपिएका छन् ।

 

१५ वैशाख, काठमाडौं ।

शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका छन् । आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरू गत चैत २७ गतेदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका हुन् ।  आन्दोलनको क्रममा आज धेरै शिक्षकहरू थपिएका छन् । देशभरका विभिन्न जिल्लाहरूलाई हजारौँको सङ्ख्यामा शिक्षकहरू आजको आन्दोलनमा थपिएका हुन् । शिक्षकहरू थपिँदा आन्दोलनमा अहिलेसम्मकै बढी भीड देखिएको थियो ।

आन्दोलनको २६ औँ दिन (हिजो) प्रहरीले बल प्रयोग गर्दा ६२ जना शिक्षकहरू घाइते भएका थिए । ती एक दर्जन बढी शिक्षकहरू गम्भीर घाइते भएका छन् । शिक्षकहरूमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेको थियो । प्रहरीको दमनपछि नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनमा घरमै बसेका शिक्षकहरूलाई तत्काल आउन आह्वान गरेको थियो । सोही आधारमा आज धेरै शिक्षकहरू थपिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले बताए ।  ‘हिजाेको तुलनामा दोब्बर शिक्षकहरू आज सडकमा थिए । आजको आन्दोलन शान्तिपूर्ण थियो । तर, हिजो प्रहरीले दमन गरेपछि देशभरका थप शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँ आएका हुन्,’ अध्यक्ष भण्डारीले भने ।  आजभन्दा भोलि थप शिक्षकहरू काठमाडौँ आउने तयारीमा रहेको उनको भनाइ छ । महासङ्घले प्रहरीको दमनपछि आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको थियो । सोही आधारमा आजदेखि व्यापक रूपमा शिक्षकहरूको उपस्थित हुन थालेको अध्यक्ष अधिकारीले बताए ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनको २७ औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेको बताए । यी शिक्षक कर्मचारी साथीहरू माग पुरा नहुँदासम्म थाक्ने, गल्ने तथा नभाग्ने बताए ।  सत्तामा हुनेहरू थाक्लान् तर शिक्षक कर्मचारीहरू थाक्दैनन्, गल्दैनन् । हिजो प्रहरी प्रशासनले बर्बरताको पराकाष्ठा देखायो । नाङ्गो नाच देखायो । शान्तिपूर्ण आन्दाेलन रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गा मुढाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी बर्सायो । फोहोरा हान्यो । हामी त्यसको घोर निन्दा गर्दछौँ,’ अध्यक्ष सुवेदीले भने ।  हिजाेको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएको भन्दै ६२ हजार शिक्षक घाइते हुन तयार रहेको बताए । शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने प्रस्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन
भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो
विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने