पदमार्ग बनाउन आएका दुई मजदुरको चट्याङ लागेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
५० पटक हेरिएको
Shares
पदमार्ग बनाउन आएका दुई मजदुरको चट्याङ लागेर मृत्यु

सारांश

  • आइतबार दिउँसो १ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोंडे चट्याङ पर्दा दुई मजदुरले ज्यान गुमाएका हुन्।
  • संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविँर राई र १८ बर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
  • ‘जिल्ला प्रहरी कार्यालयबाट टोली गएको छ’, उनले भने।

१४ वैशाख, पोखरा –

कास्कीमा पदमार्ग निर्माणमा खटिएका दुई मजदुरको चट्याङ लागेर मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोंडे चट्याङ पर्दा दुई मजदुरले ज्यान गुमाएका हुन्। संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविँर राई र १८ बर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। ‘जिल्ला प्रहरी कार्यालयबाट टोली गएको छ’, उनले भने।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार हिँड्न लेक जाने पदमार्ग बनाउनेलाई ती मजदुर आएका हुन्। उनीहरु ९ जनाको समूहमा आएका थिए। ‘अरु काम गर्न गएका थिए। भान्छामा काम गर्न बसेका दुई जनाको मृत्यु भएको छ’, उनले भने।चट्याङ परेको स्थानमा पुग्नलाई पोखराबाट दुई दिनको समय लाग्छ। पर्यटकीय गाउँ घान्द्रुक हुँदै हिँड्न लेक पुगिने उनले जानकारी दिए।चिमाङ्गीमा पदमार्ग बनाउने, रेलिङ राख्ने कामका लागि पर्यटन बोर्ड गण्डकी र अन्नपूर्ण गाउँपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेका छन्। सोही बजेटको काम भइरहेको थियो। मेघगर्जनसहित चट्याङ परेपछि त्यहाँ असिनापानी र हिमपात भएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
घोषको त्यो पहिरो जसले लियो एउटै घरमा ६ जनाको ज्यान
एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा
एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...