Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ४, २०८०
|
|
४० पटक हेरिएको
Shares
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट

सारांश

  • उन्नाइस वर्षमुनि ९यू–१९० नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
  • मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
  • नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।

काठमाडौं ।

उन्नाइस वर्षमुनि ९यू–१९० नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो । जसमा जापानले २२ ओभरमा जितका लागि एक सय ८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो । जापानका शोतारो हिरात्सुकाले १५ र यामामोटोले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो ।

नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र २ छक्काको मद्दतमा ७९ रन बनाएका हुन । त्यस्तै, दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । आकाश त्रिपाठीले ३५ रन बनाए भने अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडेका थिए । अब नेपालले यही कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ । युएईले अर्को सेमिफाइनलमा खेलमा सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध होइन, चोख्याउने अभियान चाँहि चलाएको थियो : ओली
प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
बाजुरामा जिप दुर्घटना: २ जनाको मृ*त्यु, १५ घाइते
बाजुरामा जिप दुर्घटना: २ जनाको मृ*त्यु, १५ घाइते
गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?
गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो