बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन

सारांश

  • नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औँ ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो ।
  • यही अप्रिल २४ देखि २६ सम्म नेसनल एग्रिकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए ।
  • नेपालले हिमशृङ्खला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई सङ्गठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ ।

 

१३ वैशाखः  काठमाडौँ,  

चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औँ ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो । यही अप्रिल २४ देखि २६ सम्म नेसनल एग्रिकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए ।

नेपालले हिमशृङ्खला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई सङ्गठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ । बोर्डले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ । कार्यक्रममा नेपालका लागि चीनस्थित नेपाली राजदूत डा कृष्णप्रसाद ओली, प्रथम सचिव मनहरी दङ्गाल र छेन्दुुस्थित उप–महावाणिज्यदूत चिनामन सिंह बुढाथोकीले नेपालको स्टल अवलोकन गर्नुभएको थियो । उहाँहरुले चिनियाँ पर्यटन व्यवसायीसँग भेटघाट गर्दै पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल समेत गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । नेपालको स्टलमा परम्परागत वास्तुकला, सांस्कृतिक सम्पदा, जैविक विविधता र हिमाली दृश्यहरूलाई सुसज्जित गरी प्रदर्शन गरिएको थियो । साहसिक पर्यटन, प्राकृतिक भ्रमण र सांस्कृतिक अनुभवहरूका सम्भावनाहरूलाई विशेष रूपमा उजागर गरिएको थियो ।

यसका साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीहरूबीच अन्तरक्रिया हुँदै भविष्यमा सहकार्यका नयाँ सम्भावनाहरूका विषयमा छलफल गरिएको थियो । बोर्डको रणनीतिक उपस्थितिले चिनियाँ बजारमा नेपालको पर्यटन छवि बलियो बनाउने अपेक्षा गरिएको छ । यस सहभागिताबाट चिनियाँ पर्यटक आगमन वृद्धि, पर्यटन व्यवसायीहरूबीच दीर्घकालीन सहकार्य विकास र नेपालको पर्यटन बजारमा नयाँ अवसर सिर्जना हुने विश्वास लिइएको छ । चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम) चीनको प्रमुख बीटूबी पर्यटन प्रदर्शनी हो, जसले सन् २००५ देखि विश्वका विविध गन्तव्य र चीनका पर्यटन व्यवसायीहरूबीच सहकार्यको महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न
गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढायो
मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढायो
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते
टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’