बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आयो : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आयो : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताएका छन् ।
  • उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढदै गएको बताए ।
  • चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र  सारिपुत्त फाउण्डेशन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

१३ वैशाख, बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताएका छन् । उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढदै गएको बताए । चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र  सारिपुत्त फाउण्डेशन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियारहरु चुनौत बनेको बताए । उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको बताए । बुद्वले आफ्नो निजि सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्धको जीवनबाट मानवजातिले धेरै कुरा सिक्नुपर्ने बताए । बुद्धका शान्तिमैत्री विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुशरण गरी विश्व शान्ति कायम गर्न सकिने बताए । ‘विगतमा बुद्वका विचार, सिद्वान्तहरू सिध्याउन खोजेका थिए, बुद्धका शालिक तोडिएको पनि थियो’ प्रधानमन्त्री ओलीले भने, ‘जति गरेपनि बुद्धका विचार तिनीहरुले मार्न सकेनन ।’

प्रधानमन्त्री ओलीले  चौथौ एसियाली बौद्ध साँस्कृतिक महोत्सवमा अफ्रिका, यूरोप, पूर्व एसिया, अमेरिका सहित विभिन्न देशबाट आएका पाहुनाहरुलाई बुद्ध जन्मस्थलमा स्वागत गरे । प्रधानमन्त्री ओलीले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यस्थित बनाउन आफू सहयोग गर्न तयार रहेको बताए । महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेय, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, मुख्यमन्त्री चेतनारायण आचार्य,, पूर्वमन्त्री कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा लगायतको उपस्थिती रहेको थियो ।  महोत्सवमा  भिक्षु ,भिक्षुणी, लामा , उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि
नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ
एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं