स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते
१३ वैशाख, हेटौंडा ।
स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल गम्भीर घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकखण्डमा ६२ वर्षीय पोख्रेल आफैंले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
४ नम्बर वडाको कमलडाँडास्थित घरबाट पार्टी कार्यालयतर्फ आउने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।उनलाई अचेत अवस्थामा देखेर स्थानीयले उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पुर्याएको डीएसपी अर्यालले बताए । उनको टाउको, निधार तथा दाँया हातमा चोट लागेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ । अहिले होस् खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment