आफ्नै देशका नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा ५ बंगलादेशी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
५२ पटक हेरिएको
Shares
आफ्नै देशका नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा ५ बंगलादेशी पक्राउ

सारांश

  •   बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
  •   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहमद मोस्ताफिजुर रहमान,  बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय मोहमद फरहाद हुसेन चोधुरी र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ रहेका छन्।
  • यस्तै काठमााडौँको गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय मिल्तान भन्ने काजी शहताब हुसेन र बंगलादेश सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिक पनि पक्राउ परेका छन्।

१२ वैशाख, काठमाडौं । 

बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहमद मोस्ताफिजुर रहमान,  बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय मोहमद फरहाद हुसेन चोधुरी र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ रहेका छन्।

यस्तै काठमााडौँको गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय मिल्तान भन्ने काजी शहताब हुसेन र बंगलादेश सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिक पनि पक्राउ परेका छन्। उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स,सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्ट मार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति ब्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जनाबाट ४५ हजार ५ सय अमेरिकन डलर ठगी गरेर सम्पर्कबिहीन भएको उजुरी परेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा
जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै