मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३८ पटक हेरिएको
Shares
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध

सारांश

  • भारतको मुम्बईमा लगेर नेपाली महिलालाई बेचेको आरोप लागेका एक व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–७ खोङ्गे घर भएका ६७ वर्षीय चमारे भनिने चमार तामाङ छन् ।
  • उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

१२ वैशाख, काठमाडौं ।

भारतको मुम्बईमा लगेर नेपाली महिलालाई बेचेको आरोप लागेका एक व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–७ खोङ्गे घर भएका ६७ वर्षीय चमारे भनिने चमार तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

चाबहिलस्थित गलैंचा बुन्ने कारखानामा काम गर्ने महिलालाई उनले फकाएर मुम्बई पुर्‍याएर बेचेको आरोप छ । गलैंचामा काम गर्दा टीबी रोग लाग्छ, हङकङ गएर सुनाको व्यापार गरौं भन्दै उनले १९ पुस २०४४ मा ती महिलालाई काठमाडौं दिल्ली हुँदै मुम्बई पुर्‍याएको ब्यूरोका प्रवक्ता तथा एसपी नरेन्द्र कुँवरले बताए । मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा गरेर ती महिलालाई ८० हजार भारुमा बेचिएको ब्यूरोको भनाइ छ । ती महिलाले ७ वर्षसम्म उक्त कोठीमा काम गरेकी थिइन् ।

पछि टीबी रोग लागेपछि माघ २०५२ मा ती महिला नेपाल फर्केकी थिइन् । त्यसपछि उनले १ फागुन २०५२ मा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा चमारेविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा आएको थियो । पछि यो मुद्दा ब्यूरोमा आइपुगेको थियो । त्यसपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार
झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार
चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला
चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित