धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३८ पटक हेरिएको
Shares
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु

सारांश

  •   धनुषामा विष सेवन घटनामा तीन छोराछोरीको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ ।
  • धनुषा शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो।
  • जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
 
१२ वैशाख, जनकपुरधाम । 

धनुषामा विष सेवन घटनामा तीन छोराछोरीको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ । धनुषा शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो। जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।

गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरीसहित आमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफैं पनि सेवन गरेको खुलेको छ ।

९ महिनाकी गर्भवती पवितालाई बिष सेवनपछि शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको डीएसपी सिंहले बताए। पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइत पक्षले भने शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
आकाश ताक्दै किसानः महोत्तरीमा हालसम्म ३५ प्रतिशतमात्र रोपाइँ
आकाश ताक्दै किसानः महोत्तरीमा हालसम्म ३५ प्रतिशतमात्र रोपाइँ
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
सलहेश फूलबारी मेलामा भक्तजनको घुइँचो 
सलहेश फूलबारी मेलामा भक्तजनको घुइँचो 
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
काठमाडौंमै खेताला शिक्षक, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंमै खेताला शिक्षक, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ