मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
९ वैशाख, काठमाडौं ।
दुई दिनअघि मात्र मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त कमलकुमार उपाध्यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायलगायत विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै उपाध्याय मधेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् ।
उपाध्यायलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा सोमबार गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका थिए । लगत्तै उनी काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए । अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेकोसम्बन्धमा अनुसन्धान गर्दा उपाध्यायलगायत दोषी देखिएको अख्तियारले जनाएको छ । अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम तीन लाख ५२ हजार ५६० रुप्रयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१)
Post Comment