२६ जेष्ठ २०८२, आईतवार

नदीमा बेपत्ता तीनै जना बालक मृ*त फेला

 

९ वैशाख, भैरहवा :

रुपन्देहीको दानव नदीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका एकै गाउँका तीनजना बालकको शव फेला परेको छ। सोमबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दा बालकहरू शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जनाए। खोजतलासका लागि बाँकेको शम्शेरगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह ठकुरीको कमाण्डमा १३ जनाको गोताखोर सहितको टोली परिचालन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment