१२ श्रावण २०८२, आईतवार

म्यान्मारमा भूकम्पपछिको युद्धविराम आज समाप्त

 

९ वैशाख,  म्यान्मार ।

गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मारमा घोषणा भएको युद्धविराम मंगलबार मध्यरातमा समाप्त हुँदैछ। सहायता समूह र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले राहत कार्यलाई सहज बनाउन युद्धविराम लम्ब्याउन माग गरेका छन्। सैन्य जुन्ताले ७.७ म्याग्निच्युडको भूकम्पपछि आफ्ना सशस्त्र विरोधीहरूमाथि आक्रमण रोक्ने घोषणा गरेको थियो। भूकम्पमा ३ हजार ७०० भन्दा बढीको ज्यान गएको छ। जुन्ताले सन् २०२१ को कू मार्फत सत्ता कब्जा गरेपछि गृहयुद्ध सुरु भएको थियो।

द्वन्द्व अनुगमनकर्ता र स्थानीय बासिन्दाका अनुसार, म्यान्मारको मध्य भागमा सहायता वितरणका लागि घोषित २० दिने युद्धविराममा पनि दुवै पक्षबाट लडाइँ रोकिएको छैन। मंगलबार बिहानसम्म राज्य सञ्चार माध्यमले युद्धविराम लम्ब्याउने विषयमा कुनै जानकारी दिएका छैनन्, र एएफपीले जुन्ता प्रवक्तासँग सम्पर्क गर्न सकेको छैन। संयुक्त राष्ट्रसङ्घका अनुसार, मार्च २८ को भूकम्पले ६० हजार भन्दा बढी मानिसलाई पाल शिविरमा बस्न बाध्य बनाएको छ, र २० लाख मानिसलाई ‘सहायता र सुरक्षाको गम्भीर आवश्यकता’ छ।

लडाइँ जारी रहे पनि मानवीय समूह र क्षेत्रीय शक्तिहरूले सहायता कार्यलाई निरन्तरता दिन युद्धविराम लम्ब्याउन आग्रह गरेका छन्।बिहीबार जुन्ता प्रमुख मिन अङ्ग ह्लाइङ मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग वार्ताका लागि बैंकक गएका छन्।  आसियानको अध्यक्षता गरिरहेका अनवरले म्यान्मारको विपक्षी ‘राष्ट्रिय एकता सरकार’ सँग पनि कुराकानी गरेका छन्, जसले भूकम्पपछि युद्धविरामको वाचा गरेको छ। बैठकपछि अनवरले पत्रकारहरूलाई भने, ‘दुवै पक्षले लडाइँको विस्तार रोक्न आवश्यक सबै कुरा गर्ने सहमति जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?