लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

सारांश

  • झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ ।
  • स्थानीय, प्रदेश र सङ्घीय सरकारको सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो ।
  • कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।

९ वैशाख,  झापा  ।

झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।

लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उनी बताउँछन् । “लक्ष्मीमार्ग पूर्वपश्चिम लोकमार्गसँग जोड्ने हाम्रो एकमात्र सडक हो”, वडाध्यक्ष सुवेदी भन्छन्, “झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ ।” थोरै बजेटबाट केही सडकखण्ड कालोपत्र गरिएको बताउँदै उनले प्रदेश र सङ्घीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्र सम्पन्न हुने क्रममा रहेको बताए । वर्षा सुरु हुनुपूर्व वैशाख मसान्तभित्रै सडक कालोपत्र सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । कनकाई नगरपालिकाको एकल ६५ लाखको लागतमा सात सय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको ४५]

लाख र कोशी प्रदेश सरकारको एक करोड २० लाखको लागतमा एक हजार ३०० मिटर र सङ्घीय सरकारको पाँच करोड २० लाखको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष सुवेदीले बताए । स्थानीय, प्रदेश र सङ्घीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडकमा विभिन्न पाँचवटा निर्माण कम्पनीले धामधम काम गरिरहेका छन् । सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने वडाध्यक्ष सुवेदी बताउँछन् । “सडक कालोपत्र नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुर्याउन समस्या थियो, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका स्थानीयवासी लाभाविन्त हुनेछन्”, वडाध्यक्ष सुवेदीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै   
बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै   
गण्डकीमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको मृत्यु
गण्डकीमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको मृत्यु
शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा
शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो