ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो

सारांश

  • ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
  • ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।
  • जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।

८ वैशाख, काठमाडौं ।

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो । त्यसका लागि काठमाडौंबाट हेलिकप्टर ताप्लेजुङका लागि प्रस्थान गरिसकेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।प्रहरीका अनुसार सबिना र उनका छोरा खतराभन्दा बाहिर छन् । ‘उहाँहरु आउट अफ डेन्जर हुनुहुन्छ,’ एसएसपी दाहालले भने, ‘ललितपुरका उहाँहरुलाई उपचारका लागि काठमाडौं पठाइँदै छ ।’

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । सो घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
एमाले अखिलको अध्यक्षमा कडरिया, महासचिवमा धामीको नाम प्रस्ताव
एमाले अखिलको अध्यक्षमा कडरिया, महासचिवमा धामीको नाम प्रस्ताव
अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंकातर्फ
अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंकातर्फ
आइपिएल : चेन्नाईसँग दिल्ली २३ रनले पराजित
आइपिएल : चेन्नाईसँग दिल्ली २३ रनले पराजित
आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौंको गेस्ट हाउसमा एक युवती मृ*त फेला
काठमाडौंको गेस्ट हाउसमा एक युवती मृ*त फेला
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम