खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
५३ पटक हेरिएको
Shares
खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन

सारांश

  • शनिबार जुम्ला पुग्नुभएका उहाँले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गर्नुभएको हो ।
  • आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीसहित विविध समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  • “यहाँका विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएँ ।

७ वैशाख,  जुम्ला, 

खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गर्नुभएको छ । शनिबार जुम्ला पुग्नुभएका उहाँले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गर्नुभएको हो । आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीसहित विविध समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“यहाँका विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएँ । ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । जिल्लाको हिमा गाउँपालिका–१ देवारगाउँमा आज आयोजना हुने बास सम्मेलनमा सहभागिता जनाउन, यहाँको खानेपानीसम्बन्धी समस्या बुझेर समाधानका उपाय पहिचान गर्न मन्त्री यादवसहित मन्त्रालयका सचिव इञ्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामकुमार श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी यहाँ पुग्नुभएको हो । उक्त टोलीले मुलुकको पहिलो कर्णाली प्राविधिक शिक्षालय जुम्लाको अवलोकन समेत गर्नुभएको थियोे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी
बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...