राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
२४ पटक हेरिएको
Shares
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् ।
  • यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् ।
  • राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ ।

७ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् । राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो । गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।

आज प्रदर्शनको दिन राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’ वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै लिङ्दनेले थप लेखेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’

राप्रपाले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंका प्रहरी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले आवश्यक सुरक्षा रणनीति अपनाइएको जनाएका छन् । यसअघि चैत १५ गते राप्रपाका नेताहरुको समेत सहभागितामा काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि राप्रपाले चैत २६ गते बल्खुमा गरेको प्रदर्शन भने शान्तिपूर्ण र मर्यादित देखिन्थ्यो । आज गर्ने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने भनिएपछि सुरक्षा व्यस्था चुस्त पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
आजदेखि संसद्‌मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै
आजदेखि संसद्‌मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ
३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना