नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
१६ पटक हेरिएको
Shares
नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश

सारांश

  • नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य रहित साहसहितका नेताहरू नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
  • हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत बहादुरगञ्जमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
  • माओवादीमा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका पूर्ववडा अध्यक्ष सञ्जय गुप्ता र नेकपा एमालेका पूर्ववडा अध्यक्ष मसरोफ आलम पनि छन् ।

५ वैशाख, काठमाडौँ ।

नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य रहित साहसहितका नेताहरू नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत बहादुरगञ्जमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् । माओवादीमा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका पूर्ववडा अध्यक्ष सञ्जय गुप्ता र नेकपा एमालेका पूर्ववडा अध्यक्ष मसरोफ आलम पनि छन् । साथै अन्य स्थानीय नेताहरू रहेका जनाइएको छ ।

बहादुरगञ्जमा  भएको कार्यक्रमको शुरूआतमा अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको उद्देश्य, तराई–मधेशको विकास, हुलाकी राजमार्गको भूमिका र सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानमा पार्टीको दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले माओवादी नेतृत्वको सरकार परिवर्तन प्रकृया नै गैरकानूनी भएको बताए । ‘मैले भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान शुरू गर्दागर्दै, रातको अँध्यारोमा सहमति गरेर सरकार ढालियो । तपाईंहरूले संख्याको बलमा अलोकतान्त्रिक रूपमा हटाउनुभयो, तर म जनतामा जान्छु र जनताको मतको बलमा पुनः फर्कन्छु। भ्रष्टहरूलाई छोडिन्न भनेर भनेको छु,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो
राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभाको बैठक आज बस्दै
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत