हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो

सारांश

  • मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध रुपमा आन्दोलन तथा हस्ताक्षर संकलन गर्दै आएका थिए ।
  • हेटौंडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका अभियन्ताहरुले प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखेपछि विवाद चर्किएको थियो ।
  • विवाद चर्किएपछि बोर्ड परिवर्तन गर्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई निर्देशन दिएको र प्रहरीले बिभिन्न राजनीतिका दलका नेतालाई समन्वय गरिरहेको बुझिएको छ ।

५ वैशाख, हेटौंडा  ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध रुपमा आन्दोलन तथा हस्ताक्षर संकलन गर्दै आएका थिए । हेटौंडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका अभियन्ताहरुले प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखेपछि विवाद चर्किएको थियो । विवाद चर्किएपछि बोर्ड परिवर्तन गर्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई निर्देशन दिएको र प्रहरीले बिभिन्न राजनीतिका दलका नेतालाई समन्वय गरिरहेको बुझिएको छ ।

तर प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ति युवाहरु हिरासत भित्रै अनसन बसेका छन् । हिरासतमा रहेका ६ जनाले नै हेटौंडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन् ।

नेपाल तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए ।  सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरुलाई अन्तिम समयमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा राखेको बताइएको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग
रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार
पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार
बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने
बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
लुम्बिनीले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
लुम्बिनीले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
चर्चित लोकगायिका शारदा सिन्हाको निधन
चर्चित लोकगायिका शारदा सिन्हाको निधन
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक