२६ जेष्ठ २०८२, आईतवार

२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर

२ वैशाख, काठमाडौं ।

काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । ट्रक (कन्टेनर) चालक कुसाङ  लामा ‘फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले  बताए । विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ । बरामद मुद्रा जफत गर्न पनि भनिएको छ ।

चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महांकालबाट प्रहरीले ना७ख १६५२ नम्बरको ट्रकबाट उक्त नगद बरामद गरेको थियो । ट्रक चालक कुसाङ लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । अनुसन्धानबाट सो रकम भोटेकोशी घर भएर टोखा नगरपालिका–१० स्थित महादेवटार हाइटमा बस्दै आएका नारायण पौडेलेको भएको खुलेको छ । पुराना ‘खासा व्यापारी’ पौडेल फरार छन् । खासा व्यापार गर्दागर्दै तिब्बतीसँग विवाह गरेका पौडेलले पछि सुन तस्करी सुरु गरे । २०७२ सालपछि तातोपानी नाका बन्द भयो । त्यसपछि सुन तस्करले रसुवाको केरुङ रुटलाई प्रयोग गर्न थालेका हुन् ।

पौडेलले दिएको २५ करोड बराबरको डलर र युरो लिएर फुच्चे झोर महांकाल हुँदै केरुङ जाँदै थिए । केरुङ नाकाबाट सुन ल्याउने उहिरुको योजना रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ति अधिकृत भन्छन्, ‘२५ करोड रकम सुन खरिद गर्न केरुङ लगिँदै थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?