सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो ।
  • सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् ।
  • सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ ।

२  वैशाख, इटहरी ।

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो । सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल न्यूज बैंकसंग भने,‘घटनामा ६ जनाको संलग्नता देखिन आएको छ । जसमा तीन जना फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको छ ।

उनका अनुसार गम्भीर घाइते बनेका शिवकुमार सहित तीन जना प्रहरीको नियन्त्रणमा रहेका छन् र घटनास्थलबाट गोलीका खोकाहरु समेत प्रहरीले सङ्कलन गरेको छ । यस्तै रविन कुमार यादव र पिन्टु यादव पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । गम्भीर घाइते बनेका मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । यसै गरी रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक