२६ जेष्ठ २०८२, आईतवार

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

 

३० चैतः  महेन्द्रनगर (धनुषा),  

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ । आज जनकपुरधाममा डिक्का महासङ्घको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले डिक्का समुदायमा आबद्ध जातजातिका अगुवा नेताहरूलाई शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर काम गनृ आग्रह गर्नुभएको हो ।


सभामुख मण्डलले समाजको समग्र विकासका लागि शिक्षा र नेतृत्व विकास अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री शिवकुमार मण्डल, मधेस प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डल तथा महासङ्घका नेताहरूले पनि आफ्ना धारणा राख्नुभएको थियो । महासङ्घमा धानुक, केबट, कुर्मी र अमात्य जातिका समुदाय आबद्ध छन् । विभिन्न १५ जिल्लाबाट प्रतिनिधि सहभागी रहेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका अध्यक्ष अनिल सदाले जानकारी दिनुभयो । महाधिवेशनले डिक्का समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उत्थानमा योगदान पुर्याउने गरी नीति लिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment