२६ जेष्ठ २०८२, आईतवार

अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री

 

३० चैत, इटहरी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाईएको बताएका हुन् । प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए ।प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’

उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरु निस्किएको बताए । देशमा स्थायीत्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं । अब देशले थप गति लिन्छ ।’ नयाँ भन्नेहरुको हालत देखिएको । जथाभावि छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरुका भ्रममा नपर्न आग्रह गरे । ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरु राज फर्काउछौं भनेर हिडेको असली स्वरुप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ । सरकारका सबै सूचकांक सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन् । उनले झापाका कृषहरुलाई आधनीकिकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?