२७ जेष्ठ २०८२, सोमबार

काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा

 

३० चैत, काठमाडौँ :

वर्षा र हावाहुरीसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण ह्वात्तै घटेको छ।  विश्वकै वायु गुणस्तर मापन गर्ने  ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा २ दिनअघि मात्र पहिलो नम्बरमा रहेको नेपाल आज ४२औँ नम्बरमा झरेको हो।  नेपाली समयानुसार आज (शनिबार) दिउँसो १:१५ बजेको सूचीमा काठमाडौँ, नेपाल विश्वका वायु पदूषित सरहमध्ये ४२औँ नम्बरमा झरेको छ।

यतिबेला काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) ६७ मात्र छ। ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ। अहिले विश्वकै सबैभन्दा बढी वायु प्रदूषण चीनको वुहान सहर बनेको छ। त्यहाँ यतिबेला एक्यूआई २५० छ।  लामो समय वर्षा नहुँदा र हावाहुरी नचल्दा काठमाडौँ उपत्यकामा वायू प्रदूषण निकै बढेको थियो।  दुई/तीन दिनयता हावाहुरीसँग वर्षा हुन थालेपछि वायु प्रदूषण घट्दै गएको हो।  काठमाडौँ उपत्यकामा आज बिहान पनि हावाहुरीसहित पानी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?