प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने

सारांश

  • नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिवार) झापा आउँदै छन् ।
  • दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा आउन लागेका हुन् ।
  • प्रधानमन्त्रीको बिहान १० : ४५ मा झापा आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

२७ चैत, इटहरी ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिवार) झापा आउँदै छन् । दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा आउन लागेका हुन् । प्रधानमन्त्रीको बिहान १० : ४५ मा झापा आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने,

‘बाहिर जसरी केही भएन भनेर भास्य सिर्जना भएको नेकपा एमालेका विरुद्धमा चौतफि आक्रमण गर्ने योजना बनाइएकोले हाम्रा दृष्ट्रिकोणहरु, राजतन्त्र ल्याइहाले भन्ने हावा कुराहरूका पछाडि नलाग्नका लागि जनतालाई जागरण गराउनका लागि सन्देश दिनका लागि हामीले प्रदेशस्तरीय जागरण सभाको आयोजना गरेका हौँ ।’ एमालेको सन्देश प्रवाह गर्नका लागि दमकमा हुने सभामा १ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी उनले दिए । उक्त जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि आउने खतिवडाले बताए । खतिवडाले लोकतन्त्र भन्दैमा छाडा तन्त्र स्वीकार्य नहुने पनि बताए । खतिवडाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अरू केही हुन नसक्ने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की
सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का