दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश

सारांश

  • चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ ।
  • काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंलार्ई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
  • अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको बताए ।

२९ चैत, काठमाडौं ।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंलार्ई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको बताए ।

प्रसाईंसँगै पक्राउ परेका दिपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ गरेलगतै दुवैलाई शुक्रबार नै काठमाडौं ल्याई अदालत उपस्थित गराइएको थियो । तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनका साथै ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि प्रसाईँ फरार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा
गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट