नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२५ पटक हेरिएको
Shares
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन् ।
  • राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई विहीबार काभ्रेको पाँचखालमा संबोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
  • ‘आन्तरिक रुपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको छ भन्ने कुरा म ढुक्कले भन्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।

२८ चैत, काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन् । राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई विहीबार काभ्रेको पाँचखालमा संबोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘आन्तरिक रुपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको छ भन्ने कुरा म ढुक्कले भन्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने । नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा भाग लिदंै अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए । राष्ट्रपति पौडेलले  नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।

नेपाली सेनाको उच्च अनुशासन, वफादारिता, कार्य दक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्र संघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पुरा भएको स्मरण गर्दै उनले हालसम्म नेपाली सेनाका करिव १ लाख ५८ हजार बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्य दक्षता प्रर्दशन गरिसक्नु हाम्रा लागि खुसीको विषय भएको बताए । हाल विभिन्न ११ मिसनमा करिव ६ हजार बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकहरू मध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उनको भनाइ थियो ।  ‘नेपाली सेनाको सैनिक मात्र होइन नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतिक हुनुहुन्छ तपाईंहरू, राष्ट्र संघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब छ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिवद्धताको इतिहासलाई निरन्तरता दिदंै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु’, राष्ट्रपति पौडेलले भने ।

त्यसैगरी  उहाँहरूका  परिवार, नेपाली सेना, सम्पूर्ण देशवासी तथा संयुक्त राष्ट्र संघले समेत पूर्ण विश्वास राखेको कुरालाई स्मरण गराउँदै राष्ट्रपति विश्व शान्तिको दायित्वलाई गर्वका साथ पुरा गर्न सफलता मिलोस् भन्ने उनले शुभकामना व्यक्त गरे ।  राष्ट्रपति पौडेलले हालको बदलिंदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगतमा वृद्धि भइरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटीजानेहरु जानकार नै भएको उल्लेख गर्दै अन्समिल मिसन लिवियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुन सक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन् गरी मानसिक तथा शारीरिक रुपले तयार नै रहेको कुरामा विश्वास व्यक्त गरे ।

‘विगतमा नेपाली सेनाले विभिन्न मिसनहरूमा प्रभावकारी रुपमा कार्य गर्दै विश्व शान्तिमा उत्कृष्ट योगदान दिएको वास्तविकतालाई स्मरण गरी नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै सबैले पेशेवर र अब्बल तरिकाले कार्य सम्पादन गर्नु हुन शुभकामना दिन चाहन्छु’, राष्ट्रपति पौडेलले भने । सो क्रममा राष्ट्रपति पौडेलले मिसनमा सहभागि हुने टोलीले गरेको पूर्व तयारीसम्बन्धी प्रस्तुतीको अवलोकन गरेका थिए ।  भने शान्ति मिशनसम्बन्धी विभिन्न तालिमबारे  राष्ट्रपति पौडेललाई  जानकारी गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश
सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश
युवाहरू भविष्यको मात्र होइनन्, वर्तमान राष्ट्र निर्माणका पनि शक्ति हुन् : प्रचण्ड
युवाहरू भविष्यको मात्र होइनन्, वर्तमान राष्ट्र निर्माणका पनि शक्ति हुन् : प्रचण्ड
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण