१२ श्रावण २०८२, आईतवार

नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी

 

२८ चैत, काठमाडौं

नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरू माग गरेको छ । कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, र लेक्चरर पदका लागि योग्य शैक्षिक जनशक्ति माग गरेको छ।  यसबाहेक, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट, होस्टल इन्चार्ज, एचआर असिस्टेन्ट, र स्टोर असिस्टेन्ट पदहरूमा पनि दरखास्त आह्वान गरिएको छ।

विशेषज्ञ पदतर्फ कलेजले पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन, र रेडियोडायग्नोसिसजस्ता विषयमा दक्ष जनशक्ति आवश्यक रहेको जनाएको छ। निकट भविष्यमा कलेजले मुटुरोग सम्बन्धी उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्न लागेको जनाउँदै, कम्तीमा पाँच वर्षको अनुभव भएका योग्य व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिएको छ। इच्छुक व्यक्तिले चैत्र ३० गतेभित्र आवेदन दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?