Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
१०५ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

सारांश

  • नेपाल सरकारले २०८१ चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
  • चैत २५ गतेको बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
  • मन्त्रिपरिषद् बैठकले गरेको बाँकी निर्णयहरुः १.

 

२६ चैत, काठमाडौं ।

नेपाल सरकारले २०८१ चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । चैत २५ गतेको बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकले गरेको बाँकी निर्णयहरुः १.वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको संवत् २०८१ साल चैत २४ गते आइतबारका दिन ९७ वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ, २.२०८२ बैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने ज्ञड तज क्यगतज ब्कष्ब एयधभच क्भअचभतबचष्भक च्यगलमतबदभि कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान गर्ने,३.ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव (प्रा.) श्री राजेन्द्र प्रसाद शर्माको

राजीनामा स्वीकृत गर्ने, ४.गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने,
५.नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने र एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, ६.श्री रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू. फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने,
७.२०८२ जेठ ४ गतेदेखि ७ गतेसम्म बेलायतको लन्डनमा हुने भ्मगअबतष्यल ध्यचमि ँयचगm २०२५ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईलाई सहभागी हुन स्वीकृति दिने, ८.बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री मोहन कुमार

तामाङ, ललितपुरलाई नियुक्त गर्ने, ९.भागेश्वर गाउँपालिका, डडेल्धुराको केन्द्र वडा नं. ४ बगरकोटबाट परिवर्तन गरी वडा नं. ४ टप्वा कायम गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, १०.नागरिक एप ( सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने, ११.२०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने ब्एत् ( ब्कष्ब एबअषष्अ त्भभिअयmmगलष्तथ) । ःष्लष्कतभचष्ब िःभभतष्लन मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति दिने, १२.वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
लागु औषधसहित १७ जना पक्राउ
लागु औषधसहित १७ जना पक्राउ
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु