शिक्षकहरूका जायज मागहरू सम्बोधन हुनैपर्छ : हर्क साम्पाङ
२६ चैत, काठमाडौँ-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षक कर्मचारीका जायज मागहरू सम्बोधन हुनैपर्ने बताएका छन्।काठमाडौँमा जारी शिक्षक आन्दोलनको सन्दर्भमा साम्पाङले शिक्षकहरूका जायज मागहरू पूरा गर्न सरकारलाई आग्रह गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन! शिक्षक आन्दोलनको जायज मागह! सम्बोधन हुनै पर्दछ!’तर मेयर साम्पाङले सामुदायिक विद्यालयको नतिजा किन सन्तोषजनक नभएको भन्दै शिक्षकहरूलाई प्रश्न गरेका छन्। उनले यसबारे गुरुहरूले सोच्नुपर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment