बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
२६ चैत, काठमाडौं ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका छन् ।
बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेनले व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको उल्लेख गर्दै यस्ता आपराधिक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताए । ‘दोष कुनै पनि पक्षको त्यो तपशीलको कुरा निष्कर्ष न्यायिक छानबिन हुनुपर्छ । तर्क जे भए पनि कोहीले अनाहकमा ज्यान गुमाउनु भएन’, शाहले भेटबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।
Related posts:
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment