धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
२६ चैत, धरान ।
सुनसरीको धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार सोमबार दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो ।
हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए । इलाका प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यलय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ । शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment