माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको बताएका छन् ।
  • काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको भन्दै युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव नरहेको बताएका हुन् ।
  • उनले भने,‘२०४६ सालमा राजनीतिक दलहरुले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए ।

२५ चैत,  काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको बताएका छन् । काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको भन्दै युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव नरहेको बताएका हुन् ।

उनले भने,‘२०४६ सालमा राजनीतिक दलहरुले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए । मुलुकमा हिंसाको राजनीति सुरु भयो । २०५२ सालदेखि १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व ग¥यो, जसका कारणले नेपालमा काम गर्ने वातावरण नै भएन । युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव हुँदैनथ्यो ।त्यो एक दशक हामीले त्यसरी गुजार्यौं ।’
त्यस्तै उनले नेपालमा राजनीतिक दलहरुले जम्माजम्मी १७ वर्षमात्रै देशको नेतृत्व गर्न अवसर पाएको बताए ।

नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय नपाएको उनको भनाई छ । उनले भने,‘नेपालका राजनीतिक दलहरुको इतिहास ७५ वर्षको मात्रै छ । युरोप–अमेरिकामा राजनीतिक दलहरुको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । त्यो समयदेखि उनीहरुले लगातार काम गर्न पाएका छन्, तर नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय भएका छैनन् ।’ परम्परागत कृषिलाई आधुनिकीकरणमा बदल्ने मात्र हो भने विदेशीनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति देउवा
संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति देउवा
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
भारतको हस्तक्षेपमा मधेसमा आन्दोलन भड्काउँदैछ : मुख्यमन्त्री यादव
भारतको हस्तक्षेपमा मधेसमा आन्दोलन भड्काउँदैछ : मुख्यमन्त्री यादव
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक