भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लिने तयारी गरिएको छ ।
  • प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्‍याइएको छ ।
  • शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले विमानमार्फत भैरहवा लैजान लागेको हो ।

२३ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लिने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्‍याइएको छ ।शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले विमानमार्फत भैरहवा लैजान लागेको हो ।

शुक्रबार राति उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । उनलाई ८ बजेको उडानमार्फत भैरहवा लैजनाने तयारी गरिएको थियो । तर, केही समय उडान डिले भएको प्रहरीले जनाएको छ । कु न एयरलाइन्सको विमानबाट लैजाने भन्ने प्रहरीले खुलाएको छैन ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु