सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?
२२ चैत, काठमाडौं –
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो । शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार शुक्रवार १ हजार ८७० कायम भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment