शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
२१ चैत, काठमाडौं ।
आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्नेगरी सरकारले ठोस पहल अघि बढाउने बताएको छ । शिक्षकहरू शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्नेगरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् । यसबारे बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतले छलफल गरेका थिए ।
उक्त छलफलबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘शिक्षा विधेयक अघि बढाउन सरकारले भूमिका निर्वाह गर्छ ।’ तर, उनले सरकारले कहिले र कसरी माग सम्बोधन गर्नेगरी निर्णय लिने गृहमन्त्री लेखकले बताए । ‘अहिले हामीले छलफल गरेका छौं । सरकार शिक्षकले उठाएका विषयमा सरकार अत्यन्तै ज्यादा गम्भीर छ । चाँडै यो विषयमा ठोस निर्णयमा पुग्छौं,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment