संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

सारांश

  • माघ १८ गतेदेखि सञ्चालन भएको अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए ।
  • त्यसमध्ये पाँचवटा विधेयक सङ्घीय संसद्का दुवै सभाबाट पारित भएका छन् भने चारवटा विधेयक समितिमा विचाराधीन छन् ।
  • तीनवटा विधेयक सदनसमक्ष प्रस्तुत मात्र भएका छन् ।

 

काठमाडौँ, १९ चैतः

प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि सञ्चालन भएको अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए । त्यसमध्ये पाँचवटा विधेयक सङ्घीय संसद्का दुवै सभाबाट पारित भएका छन् भने चारवटा विधेयक समितिमा विचाराधीन छन् । तीनवटा विधेयक सदनसमक्ष प्रस्तुत मात्र भएका छन् । अधिवेशनको प्रारम्भमा प्रतिनिधिसभामा पेस भएका छ विधेयकमध्ये ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित भए ।

यो ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित भएको छ । सदनमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पेस मात्र भयो । ‘जाति, रङ्ग, क्षेत्र, वेशभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव (कसुर र सजाय)’ सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । सभाको पहिलो, दोस्रो, तेस्रो र चौथो अधिवेशनबाट सरकारी र गैरसरकारी गरी पेस भएका १३ वटा विधेयकमध्ये ‘संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट पारित भएको छ । ‘जलस्रोत विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत भएको छ । ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक’ राष्ट्रियसभाबाट फिर्ता भई प्रतिनिधिसभामा टेबुल भएको छ । \

आठ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् । चालू अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयक सभामा प्राप्त भएकामा दुई वटा सम्बन्धित समितिमा पठाइएको छ । ‘नेपाल कानून व्यवसायी परिषद् (पहिलो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफल टुङ्गिएको छभने र ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ प्रस्तुत भएको छ । अघिल्ला अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त सात वटा विधेयकमध्ये चार वटा पारित भएका छन् । ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस भएको छ भने ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ सम्बन्धित समितिमा विचाराधीन छ । ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ प्रस्तुत मात्र भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा एक युवतीको शव फेला
महोत्तरीमा एक युवतीको शव फेला
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
वीरगञ्ज नाकाबाट ५२ अर्ब बढीको भटमासको कच्चा तेल आयात, निर्यात ५५ अर्ब
वीरगञ्ज नाकाबाट ५२ अर्ब बढीको भटमासको कच्चा तेल आयात, निर्यात ५५ अर्ब
उदयपुरमा एक हजार १४३ किलो गाँजासहित दुई महिला पक्राउ
उदयपुरमा एक हजार १४३ किलो गाँजासहित दुई महिला पक्राउ
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
सिमरामा जेनजीको प्रदर्शन स्थगित, अवस्था सामान्य बन्दै
सिमरामा जेनजीको प्रदर्शन स्थगित, अवस्था सामान्य बन्दै
बलात्कार आरोपमा पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
बलात्कार आरोपमा पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन