तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३० पटक हेरिएको
Shares
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र

सारांश

  • तीन दिने कार्यक्रम तय गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी प्रदेश आइपुगेकी छिन् ।
  • भण्डारीले पछिल्लो समय देखाएको सक्रियताले एमाले वृत्तमा चर्चा पाउने गरेको छ ।
  • एमाले निकटस्थ नेताहरूका अनुसार आजै साँझ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भण्डारीले भेटघाटका कार्यक्रम तय गरेकी छिन् ।

 

१४ चैत, बुटवल ।

तीन दिने कार्यक्रम तय गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी प्रदेश आइपुगेकी छिन् । भण्डारीले पछिल्लो समय देखाएको सक्रियताले एमाले वृत्तमा चर्चा पाउने गरेको छ । एमाले निकटस्थ नेताहरूका अनुसार आजै साँझ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भण्डारीले भेटघाटका कार्यक्रम तय गरेकी छिन् ।

यद्यपि भेटघाटका पात्रहरू भने खुलाइएको छैन । एमालेकै नेताहरूको भनाइ अनुसार, अन्य कार्यक्रम तय भएका भए पनि भण्डारीले लुम्बिनीमा आफ्नो राजनीतिक सक्रियता बढाएकी हुन् । एक नेताका अनुसार भैरहवामा रहँदा उनी विभिन्न प्रदेश र जिल्लाका अध्यक्ष, केन्द्रीय नेताहरू, युवा विद्यार्थी र महिला संघका नेताहरूसँग छलफल गर्नेछिन् । ती नेताका अनुसार भण्डारी शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा हुने कार्यक्रममा सरिक हुनेछिन् । शनिबार भैरहवामा लुम्बिनी प्रदेशका स्थानीय र प्रदेशका सबै पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिको सशक्तिकरण कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

रुपन्देहीकै एक पालिका उपप्रमुखका अनुसार पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा ती कार्यक्रम तय भएको हो । बिहीबार उनी पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने कामाख्या देवीको दर्शनका लागि पुगेकि थिइन् । जहाँ उनीसँगै एमाले सचिव एवं लुम्बिनी इन्र्चा पद्मा अर्याल, पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्व राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई, पूर्व प्रदेशसभा सदस्य दधिराम न्यौपाने, प्रदेशसभा सदस्य जानकी न्यौपो, बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा अर्याल, सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारी, बुटवलकी पूर्वउपप्रमुख गोमा आचार्य लगायत उपस्थित थिए । औपचारिक कार्यक्रमभन्दा अघि र पछि एमालेका विभिन्न तहका नेता कार्यकर्तासँग उनले भेटघाट बाक्लो बनाएको एमाले नेताहरू बताउँछन् । उनी तीन दिनसम्म सिद्धार्थ भिलासामै बस्ने व्यवस्था मिलाइएको छ । पौडेलकै कार्यक्रममा भण्डारीको खोजी यसअघि बुधबार मात्रै

बुटवलमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही–२ का अगुवा कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम राखेका थिए । उक्त अन्तरक्रियामा सहभागी केहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति रोष प्रकट गरेको एक नेता बताउँछन् । ओलीकै कारण पार्टीको जनमत घट्दै गएको, कार्यकर्ताहरू रक्षात्मक भएको, नेतृत्वको विकलप खोज्नुपर्ने बेला भएको लगायतका तर्क अन्तरक्रियामा सहभागीले गरेको ती नेताको दाबी छ । उनको भनाइमा, ती कार्यकर्ताहरूले पार्टी नेतृत्वमा पूर्वराष्ट्रपति भण्डारीलाई अघि सार्दा अहिलेको जनमत बढ्ने र सर्वस्वीकार्य नेतृत्व हुनसक्ने सुझाव राखेका थिए । काठमाडौंका मेयर बालेन शाहसँग द्वन्द्व बढाएको, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर पार्टीप्रति जनआक्रोश थपेको लगायतका तर्क सहभागीले राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
सामान्य विवादको कारण झगडा हुदा एक जना गम्भीर घाइते
सामान्य विवादको कारण झगडा हुदा एक जना गम्भीर घाइते
पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु
पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु