सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका सई पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका सई पक्राउ

सारांश

  • सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका एक जना नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।
  • अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सई खिम बहादुर खड्का लाई पक्राउ गरेको हो ।
  • खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत रहेका थिए ।

१४ चैत,  काठमाडौं ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका एक जना नायब निरीक्षक (सई) पक्राउ परेका छन् । अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सई खिम बहादुर खड्का लाई पक्राउ गरेको हो ।

खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत रहेका थिए । उनीमाथि भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोही सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु
हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु
दुई दिनमै नेप्सेले गुमायो १०७ अंक, कारोबार रकममा पनि गिरावट
दुई दिनमै नेप्सेले गुमायो १०७ अंक, कारोबार रकममा पनि गिरावट
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति
राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
बुधबार विदेशी मुद्राको विनिमयदर कति?
बुधबार विदेशी मुद्राको विनिमयदर कति?
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध