कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३६ पटक हेरिएको
Shares
कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो

सारांश

  •   आफूलाई नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरी कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
  • घिसिङका प्रतिनिधि रिट लिएर बुधबारै सर्वोच्चमा पुगे पनि समय नपुगेकाले बिहीबार मात्र सो रिट दर्ता भएको छ ।
  • रिट दर्तासँगै शुक्रबारका लागि पेसीमा समेत चढेको छ ।

 

१४ चैत, काठमाडौं । 

आफूलाई नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरी कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । घिसिङका प्रतिनिधि रिट लिएर बुधबारै सर्वोच्चमा पुगे पनि समय नपुगेकाले बिहीबार मात्र सो रिट दर्ता भएको छ ।

रिट दर्तासँगै शुक्रबारका लागि पेसीमा समेत चढेको छ । घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उता घिसिङसँगै शाक्य पनि सर्वोच्च पुगेका छन् । यसअघि उनलाई पनि तत्कालीन सरकारले पदबाट हटाएको थियो । र सो रिटको टुंगो लागेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?