हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने

सारांश

  • नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणको वर्तमान वित्तिय तथा अन्य अवस्थाबारे जानकारी लिन श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ ।
  • अहिले नेपाल विद्युत् प्राधिकरणको वित्तिय अवस्था, नाफा तथा नोक्सान, खर्च, एवम् बक्यौतालगायत विषय विवादमा छन् ।
  • प्राधिकरणले नाफा आर्जन गरिरहेको बताए पनि सरकारलाई आयकर तिरेको छैन ।

 

१३ चैत, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणको वर्तमान वित्तिय तथा अन्य अवस्थाबारे जानकारी लिन श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । अहिले नेपाल विद्युत् प्राधिकरणको वित्तिय अवस्था, नाफा तथा नोक्सान, खर्च, एवम् बक्यौतालगायत विषय विवादमा छन् । प्राधिकरणले नाफा आर्जन गरिरहेको बताए पनि सरकारलाई आयकर तिरेको छैन ।

डेडिकेटेड तथा ट्रंकलाइन मात्रै होइन, स्थानीय तहहरूसमेतको बक्यौताको विवादमा प्राधिकरण छ । यी विषय समेटेर यथार्थ कुरा सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । त्यस्तै, नेपाल सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने गरी ऊर्जा क्षेत्रको मार्गचित्र सार्वजनिक गरेकोमा त्यसलाई सहयोग गर्न विद्युत खरिद सम्झौता (पीपीए) खोल्ने निर्णय पनि प्राधिकरणले गरेको छ । सरकारले विद्युत् उत्पादनको महत्वाकांक्षी लक्ष्य लिए पनि पीपीए नखोल्दा विद्युत् परियोजनाहरू अघि बढाउन समस्या भइरहेको थियो ।

‘२८ हजार ५ सय मेवा विद्युत उत्पादन गर्दा आवश्यक ऊर्जा सम्मिश्रणको परिधिभित्र रहने गरी पीपीए अघि बढाउने निर्णय भएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । अहिले करिब ४ हजार ७ सय मेगावाट क्षमताका आयोजना पीपीएको पर्खाइमा रहेको शाक्यले बताए । त्यसमध्ये करिब २ हजार ८ सय मेगावाटका आयोजनाहरू सरकारी स्वामित्वकै कम्पनीले बनाउँदै छन् भने करिब १९ सय मेवावाटका आयोजनाहरु निजी क्षेत्रका हुन् । अब ती आयोजनाहरूको पीपीए हुने र आयोजना निर्माणलाई तिव्रता दिने पनि उनले बताए ।यसका अतिरिक्त औद्योगिक क्षेत्रमा अहिले १२ घण्टासम्म लोडसेडिङ भइरहेकोमा त्यसलाई हटाउने तत्काल पहल गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ । यसअघि प्राधिकरणले हिउँदको समयमा औद्योगिक क्षेत्रका विद्युत् काटेर सर्वसाधारण जनताकोमा मात्रै आपूर्ति गर्ने गरेको थियो । ‘

तर, उपलब्ध सबै विकल्पहरू प्रयोग गरी औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाउने निर्णय भएको छ,’ उनले भने । साथै, प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । अहिले २० युनिटसम्म विद्युत प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । त्यसमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ । त्यस्तै, २० युनिटसम्म विद्युत उपभोग गर्ने गरिब र साना ग्राहकहरूकोमा तीन महिनामा एकपटक मात्रै मिटर रिडिङ गर्ने निर्णय भएको शाक्यले जानकारी दिए । हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा
गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प
चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड
चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ  : चन्द्र ढकाल
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल