१० श्रावण २०८२, शुक्रबार

नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण

 १३ चैत, सर्लाही । 

सर्लाहीको ईश्वरपुर नगरपालिका–९ मा रहेको आँखा उपचार केन्द्र, ईश्वरपुरको आयोजनामा आज एक दिने निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न भएको छ । “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारीः आँखा सेवामा साझेदारी“भन्ने मूल नाराका साथ नेपाल नेत्रज्योति संघले आफ्नो ४७ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । कार्यक्रममा आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीको अध्यक्षता तथा ईश्वरपुर नगर उपप्रमुख रञ्जिता चौधरीको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा आँखा उपचार केन्द्रका प्रमुख चन्दन मणि रामले कार्यक्रमको उद्देश्य र उपलब्धिहरूबारे जानकारी गराउनुभयो ।

कार्यक्रम विशेष रूपमा सामुदायिक, निजी विद्यालय, मदरसा, गुम्बा, गुरुकुलका शिक्षक÷शिक्षिका तथा सर्लाही जिल्लाका सञ्चारकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। आयोजकका अनुसार, कार्यक्रमको उद्देश्य शिक्षक र सञ्चारकर्मीहरूलाई आँखासम्बन्धी समस्याबाट जोगाउने तथा उनीहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याउने रहेको छ । निःशुल्क परीक्षण शिविरबाट २३७ जनाले आँखा परीक्षण गराएका थिए, जसमध्ये १०७ जनालाई चश्मा वितरण गरिएको थियो।

स्थानीय शिक्षक तथा पत्रकारहरूले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाले जनाएको छ। नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा आयोजित यो कार्यक्रमले समुदायमा नेत्र स्वास्थ्यप्रति सचेतना वृद्धि गर्ने तथा गुणस्तरीय आँखासम्बन्धी सेवा प्रदान गर्ने अभियानलाई प्रवद्र्धन गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?