गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
२१ पटक हेरिएको
Shares
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल

सारांश

  • कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताका रुपमा बोल्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरुपमा सञ्चालन गर्नका लागि महत्त्वपूर्ण निर्णयहरु भएको उनले बताएका हुन् ।
  • ‘सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिन्छ भन्नेमै विवाद थियो, बन्दै गर्दा पनि पूरा हुन सक्दैन कि भन्ने थियो, सम्पन्न पनि गर्‍यौं र अहिले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,’ उनले भने, ‘अहिले फेरि विमानस्थल पूर्णरुपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भनिएको छ ।
  • तर यो सत्य होइन ।

 

१३ चैत,  काठमाडौँ — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताका रुपमा बोल्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरुपमा सञ्चालन गर्नका लागि महत्त्वपूर्ण निर्णयहरु भएको उनले बताएका हुन् ।

‘सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिन्छ भन्नेमै विवाद थियो, बन्दै गर्दा पनि पूरा हुन सक्दैन कि भन्ने थियो, सम्पन्न पनि गर्‍यौं र अहिले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,’ उनले भने, ‘अहिले फेरि विमानस्थल पूर्णरुपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भनिएको छ । तर यो सत्य होइन । अब छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौं ।’ विमानस्थलको अहिलेको टर्मिनल सानो छ, त्यसलाई आन्तरिक टर्मिनलका रुपमा परिणत गरेर अन्तर्राष्ट्रिय उडानका लागि अर्को टर्मिनल बनाउने छौं । त्यसो भएमा यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि नेपालकै सबैभन्दा ठूलो, पर्याप्त पूर्वाधारसहितको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले दाबी गरे ।

‘अब विमानस्थल चल्छ कि चल्दैन भन्ने प्रश्न पुरानो भइसक्यो, नयाँ विमानस्थल सञ्चालनमा आउँदा जहिले पनि यो प्रश्न आउँदो रहेछ, यहाँ पनि त्यही भएको हो,’ उनले भने, ‘विमानस्थल बनाउनका लागि मात्र नभएर चलाउनका लागि बनाइएकाले छिट्टै ‘फूल फ्लेज’मा सञ्चालन हुन्छ । विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भनेरै केन्द्रमा सम्बन्धित सरोकारवालाहरु र निकायहरुबीच पटक पटक बैठक गरेका छौं । ती बैठकहरुमा महत्वपूर्ण निर्णयहरु भएका छन् । ’ तीमध्ये केही निर्णय कार्यान्वयनमा आइसके भने केही कार्यान्वयको चरणमा रहेको उनले बताए ।

‘यहाँबाट पूर्णरुपमा अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई विशेष छुट सुविधाको प्याकेज ल्याउँछौं । त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुसँग छलफल भइरहेको छ,’ उनले थपे, ‘अहिले सातामा १५ उडान गर्ने अवस्थामा आएका छौं । अझै आलोचना हुँदै गरोस्, हामी छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
मिथिलामा आज चैती छठ पर्व मनाइदै
मिथिलामा आज चैती छठ पर्व मनाइदै
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई
मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य २७ अर्बले घटाइयो
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य २७ अर्बले घटाइयो
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
काभ्रेमा गाडीको ठक्करबाट एकको मृ*त्यु
काभ्रेमा गाडीको ठक्करबाट एकको मृ*त्यु
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध