झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ

सारांश

  • झापाको कन्काई नगरपालिका–५ स्थित नारायणदल चोकमा ४० वर्षीया मनिषा लिम्बुको शंकास्पद मृत्यु भएको छ ।
  • मंगलबार बिहान आफु बस्ने घरको बार्दलीमा लम्बु मृत अवस्थामा फेला परेकी थिइन् ।
  • उनको घाँटीमा चोट देखिएको झापाका एसपी मिलन केसीले  बताए ।

१२ चैत, काठमाडौं । झापाको कन्काई नगरपालिका–५ स्थित नारायणदल चोकमा ४० वर्षीया मनिषा लिम्बुको शंकास्पद मृत्यु भएको छ । मंगलबार बिहान आफु बस्ने घरको बार्दलीमा लम्बु मृत अवस्थामा फेला परेकी थिइन् । उनको घाँटीमा चोट देखिएको झापाका एसपी मिलन केसीले  बताए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनका श्रीमान् ३९ वर्षीय लालबहादुर मग्रातीलाइ पक्राउ गरेको छ ।

नारायाणदल चोकस्थित एक घरको आँगनसँगैको टहरमा बस्ने उनीहरु मदजुरी गर्दै आएका थिए ।  सो घरमा २ वर्षदेखी बस्दै आएका उनीहरुबीच मंगलबार राति झगडा परेपछि लिम्बुले आत्महत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । घटनास्थलमा मोबाइल फुटेको अवस्थामा भेटिएको छ । ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले झगडा हुँदा मोबाइल फुटेको हुनसक्ने बताए ।

राति झगडा गरेको र बिहान पत्नी झुण्डिएको देखेपछि लालबहादुरले नै सल फुकाएको स्थानीयलाई बताएको र पत्नीको मृत्यु भएको भनेर उनले खबर गरेपछि स्थानीय घटनास्थलमा पुगेका हुन् । चक्कु र खुकुरीले लालबहादुर आफैंले घाँटी रेटेको प्रहरीले शंका गरेको छ । डीएसपी विष्ट भन्छन्, ‘लालबहादुरले पनि आत्महत्या प्रयास गरेको आशंका छ, हामी अनुसन्धान गर्दैछौँ।’ चक्कु र खुकुरी प्रहरीले बरामद गरेको छ । मृतकको शव परिक्षणको लागि धरानमा पठाइएको डीएसपी विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
सांसद राईको कार्यकालमा स्वर्णलक्ष्मी सहकारीको साढे २ करोड अपचलन
सांसद राईको कार्यकालमा स्वर्णलक्ष्मी सहकारीको साढे २ करोड अपचलन
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म
भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित
भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित
आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
फागुन २१ मा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
फागुन २१ मा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म