देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
४० पटक हेरिएको
Shares
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू देश बनाउन सक्षम रहेको बताएका छन् ।
  • सरकार देश विकासको मिसनमा रहेको उनले दाबी गरे ।
  • प्रोगेसिभ इन्जिनियर एसोसिएसनको १०औं महाधिवेशनलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै ओलीले आफूहरू देश बनाउन लागिपरेको बताएका हुन् ।

१२ चैत, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू देश बनाउन सक्षम रहेको बताएका छन् । सरकार देश विकासको मिसनमा रहेको उनले दाबी गरे । प्रोगेसिभ इन्जिनियर एसोसिएसनको १०औं महाधिवेशनलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै ओलीले आफूहरू देश बनाउन लागिपरेको बताएका हुन् ।‘देश बनाउछौं, बन्छ । हामी बनाउँछौं हाम्रो देश । केही युवाहरू काम नपाएर, केही यहाँ काम गर्ने आइडिया नभएर विदेश गएका छन्, तर यहाँ सम्भावना नभएका होइनन्,’ ओलीले भने ।

रूपन्देहीको छपियामा माछा पाल्ने किसानको उदाहरण दिँदै ओलीले भने– ‘औपचारिक शिक्षा नभए पनि उनीहरू माछा पालनमा अब्बल भइसकेका छन् ।’ उद्यमशील भएमा देशमा पनि अवसर निस्कने ओलीले बताए । ‘म पूर्वमा जाँदा देखेको थिए– खेर गइरहेको काल्नाको जमिनमा लगाएको स्कुसबाट किसानले २ लाख कमाइरहेका छन् । खेर गएको जमिनमा अम्रिसो लगाएर आम्दानी गरेका छन्,’ ओलीले भने ।

फरक प्रसङ्गमा ओलीले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति कटाक्ष गर्दै अरूले बनाएको बाटोमा गमला राखेर विकास देखाएको टिप्पणी गरे । ‘आफूले बनाएको होस् या अरुले बनाएको बाटोमा गमला राखेर देखाउन पाएका छन, त्यसमा यहाँहरू (इन्जिनियर)को योगदान, पसिना र डिजाइन छ । मसिनो गरी गाइडेन्स छ’, ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?